दफा २६
जग्गावालाको मञ्जुरी भएमा रीत पुगेको मानिनेः
नेपाल सरकारले कुनै जग्गा कुनै सार्वजनिक काममा लगाइसकेकोमा त्यस्तो जग्गा यस ऐनको रीत पुर्याई प्राप्त नगरिएको भएतापनिसम्बन्धित जग्गावालाले मञ्जुर गरेको अवस्थामा सो जग्गाको क्षतिपूर्ति वा मुआब्जा यस ऐनबमोजिम निर्धारण गर्न सकिनेछ । यसरी क्षतीपूर्ति वा मुआव्जा निर्धारण गरिएपछि सो जग्गा यस ऐनबमोजिम प्राप्त गरिए सरह मानिनेछ ।